tealaya add

asia cup team

एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पी सारा ओभलको मैदानमा भईरहेको खेलमा बंगलादेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्नका लागि पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । यदि पराजित भएमा नेपाल एक खेल अघि नै यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिने छ ।नेपाल पहिलो खेलमा शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।उता बंगलादेशले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा विजयी भए बंगलादेश सेमिफाइनलमा पुग्ने छ ।

आजै हुने अर्को खेलमा श्रीलंकाले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...