tealaya add

asia cup team

एसीसी यू–१९ एसिया कपको नेपाल र श्रीलंकाबीचको पहिलो खेल वर्षाले प्रभावित बनेको छ । श्रीलंकाको आर प्रमादासा रंगशालामा भइरहेको खेलको बीचमै बर्षा भएपछि खेल प्रभावीत बनेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरिरहेको नेपालले ९ ओभर खेलेर ४२ रन बनाइरहँदा बर्षा भएको हो । जारी खेलमा नेपालले ९ ओभरमा २ विकेट गुमाइसकेको छ । जसमा नेपालले पवन शरार्फ र आसिफ शेखलाई गुमाएको छ ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान रित गौतमले टोलीको ब्याटिङ धानीरहेका छन् । उनले २७ बलमा ३ चौकाको मद्दतमा २२ रन बनाएका छन् भने कप्तान रोहित कुमार पौडेलले उनलाई २ रन बनाएर साथ दिइरहेका छन् ।नेपालविरुद्ध श्रीलंकाका दिलशान मधुसंखले २ विकेट लिएका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...