tealaya add

nepal cricate

काठमान्डौ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्न नेपाललाई हङकङले ९६ रनको चुनौती दिएको छ । टस हारेर पहिला ब्याटिङ रोजेको हङकङले नेपाली बलरसामु खुलेर खेल्न सकेनन् । हङकङले ४३.१ ओभरमा सवै विकेट गुमाएर ९५ रनमात्रै बनाउन सक्यो ।

नेपाली युवा लेगस्पिनर सागर ढकालले हङकङको ब्याटिङ लाइन अपलाई ध्वस्त बनाउन सफल भए । पहिलो ओभरमै मेडन विकेट लिएका सागरले अहिलेसम्म ५ विकेट लिइसकेका छन् । पहिलो र दोस्रो विकेटको साझेदारी सागरले सुन्यरनमै तोडेका थिए । तेस्रो विकेटका लागि भने हङकङले तेस्रो विकेटका लागि भने २९ रनको साझेदारी गरेको थियो ।

अदित गोररा र कालन मार्क चालुले यो साझेदारी गरेका थिए । तर चालुलाई टिमको स्कोर २९ रन हुँदा सागरले नै व्यक्तिगत तेस्रो सिकार गरे । चालु जम्मा १९ रन बनाएर आउट भए । उनले २ चौका र १ छक्का प्रहार गर्दै नेपाली फिल्डरमाथि दवाव बनाउने प्रयास गरेका थिए । त्यसपछि चौथो विकेटको साझेदारी पनि सून्यमै तोडियो । चौथो विकेटको रुपमा सागरले आरुस भागवतलाई खाता खोल्न नदिइ पेभेलियनको बाटो देखाए ।

पाँचौं विकेटको रुपमा अदित गरोरा र मेहरनकाबीचमा १८ रनको साझेदारी भयो । उक्त साझेदारीलाई पनि सागरले नै तोडे । उनले मेहरनलाई आउट गरेका हुन् । सुरुका पाँचै विकेट सागरको नाममा रह्यो ।
छैटौं विकेट भने तिलकराज भण्डारीले लिएका थिए । भण्डारीले व्यक्तिगत पहिलो भएपनि टिमका लागि भने छैटौं सफलता थियो ।

अरोरा हङकङबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनी सर्वाधिक २४ रन बनाएका बेला भण्डारीको बलमा कप्तान रोहितको हातबाट क्याच आउट भए । टिमका लागि सातौं सफता कमलसिंह ऐरीले दिलाए । उनले मोहम्मद हसन खानलाई आउट गरेका हुन् । आठौं सफलता पनि ऐरीकै नाममा रह्यो । हङकङको स्कोर ७० रन हुँदा रौनक कपुरलाई ऐरीले आउट गरे । ३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट खर्चिएको थियो ।

अन्तिमा मोहम्मद हसन र अब्बदुर उर्सलने २५ रनको साझेदारी गरेपछि हङकङको टिम ९५ रनमा पुगेको थियो । नेपालका सागर ढकालले ५ विकेट लिँदा कमलसिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट लिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...