1478958692 banner ad format

 
 

काठमाडौँ। सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाललाई जितका लागि अफगानिस्तानले १९१ रनको लक्ष्य दिएको छ । 

ICC U 1 9 wins World Cup

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.४ ओभरमा सवै विकेट गुमाउँदै १९० रन बनायो । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इव्राहिम जर्दानले ४३ रन बनाए । उनले ४१ बलको सामना गर्दै एक छक्का र पाँच चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नविन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए । 

बलिङतर्फ नेपालका लागि शाहव आलमले तीन विकेट लिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे । सन्दिप लामिछाने र पवन सर्राफले दुई÷दुई विकेट लिए । सर्राफले सात ओभरमा दुई मेडन राखि १९ रन तथा सन्दिपले ९.४ ओभर बलिङ गर्दै दुई मेडन राखि ३० रन दिए । 

नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

प्रकासित मिति

Loading...

 

yummyfood