annapurna add

crits waecks

यहि मार्च २९ देखि सुरु हुने इन्डियन प्रिमियर लिग इंग्ल्याण्डका तिब्र गतिका बलर क्रिस वक्सले नखेल्ने भएका छन् । देल्ही क्यापिटल्सको प्रतिनिधित्व गर्ने वक्सले घरेलु टेष्ट श्रृखंलाका लाग नाम फिर्ता लिएको जानकारी दिएका हुन् ।

इंग्ल्याण्डले आगामी जुन ४ देखि सुरु हुने गरी घरेलु मैदानमा वेष्टइन्डिज र दक्षिण अफ्रिकासँग छ टेष्ट म्याच खेल्नेछ । चारजना प्रमुख तिब्र गतिका बलरमध्ये वक्स पनि प्राथमिकतामा रहेका छन् । उनलाई देल्ही क्यापिटल्सले एक लाख ६० हजार यूरोमा खरिद गरेको छ । अगष्ट २०१८ देखि एउटै टी ट्वान्टी म्याचमा सहभागी नभएका वक्सले इंग्ल्याण्डका लागि पछिल्लो पटक नोभेम्बर २०१५ मा टी ट्वान्टी म्याच खेलेका थिए।

२०१७ को आईपीएलमा कलकत्ताको प्रतिनिधित्व गरेका उनले १७ विकेट लिएका छन् भने सन् २०१८ को संस्करणमा बैंग्लौरको प्रतिनिधित्व गर्दै मात्र पाँच म्याचमा सहभागी भएका थिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...