tealaya add

इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत बुधबार पाकिस्तान र न्युजिल्यान्ड भिड्दै छन् । अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेकाले पाकिस्तानलाई सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित राख्न न्युजिल्यान्डलाई हराउदै पर्ने दबाब छ । पाकिस्तानलाई हराएको खण्डमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ ।

Pakistan cricket team kantipath

 
पाकिस्तानलाई भने सेमिफाइनल पुग्न न्युजिल्यान्डसहित बाँकी सबै खेल जित्नुपर्नेछ । न्युजिल्यान्डविरुद्धको खेल दिउँसो ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा हुनेछ ।

न्यूजिल्याण्ड प्रतियोगितामा अपराजित टोली हो । ६ मध्ये ५ खेलमा जितेको न्यूजिल्याण्डले भारतविरुद्धको खेल वर्षाले रद्ध भएपछि अंक बाँडेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...