1478958692 banner ad format

 
 

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताअन्तर्गत आज भएको खेलमा मध्यमाञ्चल विकास क्षेत्र र मध्यपश्चिमाञ्च विकास क्षेत्रले अङ्क बाँडेका छन् । 

Prime Minister Cup cricket tournament

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा वर्षाले दोस्रो इनिङ्सको खेल अवरुद्ध पारेपछि दुवै टोलीले समान एक एक अङ्क बाडेका हुन् । 

टस हारेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमलले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनायो । १२४ रनको विजय लक्ष्य पछ्याएको मध्यमाञ्चलले ४ दशमलव २ ओभरमा १ विकेट गुमाएर २३ रन बनाएको थियो । त्यसपश्चात लगातार वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि खेल सुरु हुन सकेन र दुवै टोलीले अङ्क बाँडे । 

मध्यमाञ्चलका लागि भूपेन्द्र थापा १० तथा सोनु तामाङ ११ रनमा अविजित थिए । त्यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमका लागि राजवीर सिंहले सर्वाधिक ६३ रनको योगदान दिए । त्यस्तै प्रनित थापा मगरले २० तथा अमरसिह राउटेलाले १० रन बनाए । 

मध्यपश्चिमलाई १२३ रनमा समेट्ने क्रममा मध्यमाञ्चलका किशोर महतो एक्लैले ४ विकेट लिए भने हरिशङ्कर शाहले दुई विकेट लिए ।

प्रकासित मिति

Loading...