1478958692 banner ad format

 
 

काठमाडौँ  – पाकिस्तानका एक क्रिकेटरको बलले लागेर ज्यान गएको छ । पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदलाई बलले टाउकोमा लागेको हो ।

Cricketer jubber ahmed

खैबर पख्तुन्ख्वा प्रान्तको मार्दनमा सोमाबार भएको खेलको क्रममा अहमदलाई बलले टाउकोमा लागेको पाकिस्तानी पत्रिका टाइम्स अफ इस्लामाबादले जनाएको छ । बलले लागे लगतै अहमदलाई अस्पताल लगिएको भएपनि बचाउन भने सकिएन ।

पाकिस्तान क्रिकेट बोर्डले आफ्नो ट्वीटर ह्याण्डलमार्फत अहमदको निधन भएको पुष्टि गरेको छ । बोर्डले परिवार तथा खेलाडी तथा समर्थकप्रति समवेदना प्रकट गरेको छ । बोर्डले सबै खेलमा अनिवार्य रुपमा हेलमेट प्रयोग गर्न पनि खेलाडीलाई आह्वान गरेको छ ।

 

प्रकासित मिति

Loading...

 

yummyfood