annapurna add

Delhi Capitals vs Kings XI Punjab

ईन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेल रोमाञ्चक रह्यो । आइतबार दुबईमा खेलिएको दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीचको खेल निर्धारित २० ओभरमा बराबरीमा सकिएपछि सुपर ओभरमा दिल्ली विजयी बन्यो ।

कगिसो रबाडा दिल्लीको जीतमा नायक रहे । उनले सुपर ओभरमा मात्र २ रन दिएर २ विकेट लिए । आईपीएलमा सुपर ओभरमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा न्यून स्कोर हो । दिल्लीले २ बलमा नै ३ रनको लक्ष्य पछ्याउँदै जीत हासिल गर्यो ।

१५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबको शुरुवात निकै खराब रह्यो । ५५ रनमा नै आधा टोली पभेलियन फर्किएको थियो । ८९ रन बनाउँदै ओपनर मयंक अग्रवालले पञ्जाबको इनिङलाई सम्हाले पनि टोलीलाई जीत दिलाउन सकेनन् । अन्तिम बललमा १ रन चाहिएको अवस्थानमा क्रिस जोर्डन आउट हुन पोगे । पछिल्लो पटक पञ्जाबका कप्तान रहेका रवीचन्द्र अश्विनले एक ओभर बलिङ गदै घाइते भएर मैदान छाड्न बाध्य भए । उनले २ विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीको शुरुवात पनि निकै खराब रह्यो । १३ रनमा टोलीले ३ विकेट गुमाएको थियो । त्यसपछि ३१ रन बनाएका ऋषभ पन्त र ३९ रन बनाएका कप्तान श्रेयर अय्यरले टोलीलाई सम्हाले । अन्त्यमा प्लेयर अफ द म्याच मार्कस स्टोइनिसले २१ बलमा ५३ रन बनाएपछि दिल्लीले ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।

दिल्लीको प्लेइङ-११ टोलीमा सन्दीप लामिछाेनलाई समावेश गरिएको छैन। सन्दीप भर्खरै सम्पन्न क्यारेबियन प्रिमियर लिग-सीपिएलका हरेक खेलमा टोलीमा थिए। उनले प्रतियोगितामा ११ खेलमा १२ विकेट हात पारेका थिए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...