Hidden
धोनी र विराटबाट सहयोग नपाएको युवराजको गुनासो !
भारतीय पूर्वक्रिकेटर युवराज सिंहले महेन्द्रसिंह धोनी र विराट कोहलीबाट सहयोग नपाएको गुनासो गरेका छन्। युवराजले कप्तानका रुपमा सौरभ गांगुलीबाट धेरै साथ र सहयोग पाए पनि धोनी र विराटबाट सोचे अनुरुप सहयोग नपाउँदा खेल जीवनमा उतारचढाव आएको स्पार्ट्स स्टारसँगको अन्तर्वार्तामा बताएका छन् ।
उनले गांगुलीलाई भारतको अहिलेसम्मको सबैभन्दा राम्रो कप्तानका रुपमा पनि ब्याख्या गरे। भारतका लागि १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका युवराजले गांगुली अहिलेसम्मकै सफल कप्तान रहेको दाबी गरे। 'मैले गांगुलीको त्यसै बखान गरेको होइन। उनी बास्तबमै राम्रो कप्तान थिए', युवराजले भने। भारतीय पूर्व कप्तान गांगुली अहिले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष छन्।
क्यान्सर जितेर खेलमा फर्किएका युवराजले महेन्द्रसिंह धोनीको कप्तानीमा भारतलाई सन् २०११ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी प्रतियोगिताको 'प्लेयर अफ दी टुर्नामेन्ट' बनेका थिए।
युवराजले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा १४ शतक प्रहार गरेका छन्। युवराजले तीन सय चार एकदिवसीय खेलमा आठ हजार सात सय एक रन बनाएका छन्।
युवराजले श्रीलंकाका मुथैया मुरलीधरनलाई सबैभन्दा कठिन बलरको रुपमा चित्रण पनि गरे। 'मैले मुरलीधरनसँग धेरै खेल खेल्नु पर्यो। जति खेल खेल्दा पनि उनको बलिङलाई बुझ्न निकै गाहारो हुन्थ्यो', उनले भने, 'सचिन तेन्दुलकरले स्वीप सट खेल्न सिकाएपछि भने सजिलो भयो।'
कठिन अवस्थामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीका रुपमा पनि चिनिने अलराउण्डर युवराजले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।एजेन्सी
प्रकासित मिति