1478958692 banner ad format

 
 

इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ राेजेको छ । कक्सबजारमा घरेलु टिम बंगालादेशले ब्याटिङ थालेको छ ।

nep vs pak 8 min

नेपाली टाेलीका नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् ।

एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ । 

नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समूह ‘बी’ मा भारत, श्रीलंका, मलेसिया र हङकङ छन् । सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएकाे थियाे । अाजकाे खेल नेपाललार्इ जित्नैपर्ने दबाब छ ।

 

प्रकासित मिति

Loading...