tealaya add

gautam budda
काठमाडाैँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने भएको छ । जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि रोकिएको काम ध्रुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा मङ्गलबारबाट काम शुरु हुन लागेको हो ।

धुर्मुस सुन्तली फाउण्डेशन र रंगशाला निर्माण सहयोग समिति सचिवालयको सोमबार बिहान बसेको संयुक्त बैठकले भोलिदेखि रंगशाला निर्माणको काम सुरु गर्ने निर्णय गरेको हो ।वैठकमा भरतपुर महानगरपालिकाकी प्रमूख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमूख कृष्ण कुमार डल्लाकोटी, प्रमूख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

रङ्गशाला निर्माणका लागि रु ६ करोड ५० लाख बोलकवल भएको भए पनि हालसम्म सबै रकम सङ्कलन भइसकेको छैन । फाउण्डेसनले दुवई र मलेसियामा आर्थिक सहयोगका लागि रकम सङ्कलन गर्न कार्यक्रम गरिसकेको छ । काम शुरु भएसँगै अन्य देशमा पनि आर्थिक सहयोगका लागि कार्यक्रम शुरु गरिने फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...