tealaya add

sandy

ग्लोबल टि २० लिग खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १ विकेट लिएपछि टोरन्टो नेस्नल्सले मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ।

टस जितेर फिल्डिङ रोजेको टोरन्टोले मोन्टरियललाई २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रनमा रोक्न सकेको थियो । ओपनर काइल कोट्जरले २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । लगातार विकेट खसेपछि मोन्टरियलले कमजोर योगफल खडा गरेको थियो ।

टोरन्टोका लागि सन्दीपले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए। उनले १६औं ओभरको पहिलो बलमा म्याट क्रसलाई एलबीडब्लुको सिकार बनाएका थिए।

शनिबारमात्रै सिजनको पहिलो खेल खेलेका सन्दीपले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिदै महँगा भएका थिए।

लक्ष्य पछ्याउने क्रममा चिराग सुरीको अर्धशतक प्रहार गरेपछि टोरन्टोले १८औं ओभरमा ६ विकेट गुमाउँदै जित हात पार्‍यो। चिरागले ३७ बलमा ५२ रन जोडे।

टोरन्टो यस जितसँगै ५ खेलमा २ जित र ३ हारसहित ४ अंक लिएर चौथो स्थानमा उक्लिएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...