annapurna add

nepal oman
आईसीसी लिग डिभिजन २ प्रतियोगिताको आज भएको पहिलो खेलमा ओमानले नेपाललाइ १९८ रनको लक्ष्य दिएको छ । ५७ रनमै पाँच विकेट लिएर नेपालले दबाब बनाएपनि ओमानका मध्यक्रमका ब्याट्सम्यान मोहम्मद नदीमले उत्कृष्ट ब्याटिङ्ग गर्दै टोलीलाई औसत योगफलसम्म पुर्याए । नदीमले अविजित रहँदै ६९ रनको योगदान दिए । उनले पाँच चौका र दुई छक्का जोडे ।

ओमानका लागि सन्दीप गौडले दोस्रो सर्वाधिक ३३ तथा नसिम खुशीले २८ रनको पारी खेले । बिलाल खान नदीमसँगै ८ रन बनाएर अविजित रहे ।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ्ग गर्दै ९ ओभरमा मात्र ४७ रन खर्चेर चार विकेट लिए । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सहभागी भएका सुशन भारीले १० ओभरमा १४ रन खर्चेर तीन विकेट लिए । दिपेन्द्रसिंह ऐरीले एक विकेट लिए । सन्दीप लामिछानेले दश ओभर खेलेपनि विकेट लिन भने सकेनन् । पारस खड्काले सात ओभर बलिङ्ग गरेपनि ३० रन खर्चिदा कुनै विकेट हात पार्न सकेनन् । अविनाश बोहराले नौ ओभरमा ३८ रन खर्चिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर