tealaya add

 icc team

काठमाडाैँ । आईसीसी टि–२० विश्वकप एसिया छनोटमा नेपालले कतारलाई १ सय २३ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको चुनौती दिएको हो।

कप्तान पारस खड्काले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।छैटौँ ओभरको अन्तिम बलमा पारस २८ रनको स्कोरमा आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्ल ८.२ ओभरमा २४ बलमा २ चौका र १ छक्का हानेर २३ रन बनाएर आउट भए । शरद भेषावकरले भने ७ रनमात्र जोड्न सके ।दीपेन्द्रसिंह ऐरीले ३४ रन र सोमपाल कामीले ११ रन जोडे भने विनोद भण्डारी ३, करण केसी ४, बसन्त रेग्मीले १ रन बनौन सफल रहे।

नेपाली टोली १० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको हो ।खेल सिंगापुरको इन्डियन एसोसियसन मैदानमा भईरहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...