tealaya add

icc team
काठमाडौ । आईसीसी २० विश्वकप एसिया छनोटमा  भएको छ । नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउदै ४ विकेटले पराजित गरेको हो ।

ओपन इनाम उल हकले ४१ रन प्रहार गरेका थिए । सोमपाल कामीले पहिलो ओभरमै १३ रन खर्चिए । दोस्रो ओभरको पहिलो बलमा सन्दीप लामिछानेले पहिलो विकेट लिए । उनले फैसाल जावेदलाई १ रनको स्कोरमै सोमपालको हातबाट क्याच आउट गराएका थिए ।

४.१ ओभरमा कतारले दोस्रो विकेट गुमायो । २ छक्का र २ चौका बनाएर खेलिरहेका कमरान खानलाई करणले आफ्नो स्पेलको पहिलो बलमै आउट गरेका हुन् ।

सन्दीपले थप २ विकेट लिए । १०औं ओभरमा मोहम्मद तानवीरलाई ११ रनको स्कोरमा आउट गरेका सम्दीपले आफ्नो स्पेलको अन्तिम ओभरमा जाहिर इब्राहिमलाई १२ रनको स्कोरमा शरद भेषावकरको हातबाट क्याच आउट गराए । १२ ओभरको समाप्तिमा कतारको स्कोर ८६–४ थियो । सन्दीप लामिछाने १ चौकासहित ९ रन जोडेर रनआउट भए । 

अन्तिम २ ओभरमा नेपालले १३ रन जोड्दा ५ विकेट खेर फालेको थियो । पारीको अन्तिम ओभरको अन्तिम तीन बलमा नेपालले तीन विकेट गुमाएको हो । बलिङमा कतारका इकबाल हुसेनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तमोर साइजादल र नुमन सरवारले पनि २–२ विकेट लिए ।आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर