tealaya add

icc team

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोट अन्तर्गत आजको खेलमा सिंगापुरले नेपाललाई १९२ रनको लक्ष्य दिएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे सिंगापुरले २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन जोड्यो ।

सिंगापुरका लागि खेलाडी युवा टिम डेविडले ७७ रनको महत्वपूर्ण योगदान दिए । ४३ बलमा उनले ८ चौका र ३ छक्काको प्रहार गर्दै ७७ रन बनाए ।

रोहन रङगराजनले ४९ रन जोडे । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मनप्रित सिहंले ४२ रन, ओपनर सुरेन्द्रम चन्द्रमोहन ८ रन, अनिश परम ९ रन, अन्नथ कृष्णले १ रन तथा जनक प्रकाशले कुनै रन नै जोड्न सकेनन् ।

नेपालका लागि अभिनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...