tealaya add

singapoor

काठमाडौ । आईसीसी टि–२० विश्वकपको एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुर विजयी भएको छ । सिंगापुरले कताराई ३३ रनले पराजित गर्दै सफल सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ रोजेकाे सिंगापुरले २० ओभरमा सात विकेट गुमाउँदै १८६ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रनको योगदान दिए ।

त्यस्तै टिम डेविडले ३८, मनप्रित सिंहले ३४ र रोहन रंगराजनले ३२ रन जोेडे । बलिङतर्फ कतारका इकबाल हुसेनले चार विकेट लिए भने नोउमन सरवारले दुई विकेट लिए ।

सिंगापुरकाे इिन्डयन एसाेसियसन मैदानमा १८७ रनको लक्ष्य पछ्याएको कतार २० ओभरमा नौ विकेट गुमाउँदै १५३ रनमा सिमित भयो । कतारका कप्तान तमुर सज्जादले ३४ तथा मोहम्मद रिजलानले अविजित ३३ रन बनाए । यस्तै फाइसल जावेदले २९ र मुहाम्मद तानबीरले २६ रनको योगदान दिए ।

कतारलाई हराउनका लागि सिंगापुरका जनक प्रकाश र अम्जद महबुबले ३–३ विकेट बाँढे । प्रतियोगिता अन्तर्गत भोली नेपालले कतारसँग खेल्दैछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर