tealaya add

icc team

काठमाडौ आईसीसी टि-२० विश्वकप एसिया छनोटको आजको दोस्रो खेलमा नेपालले सानदार जित हात पारेको छ। मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले आग्रता कायम गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको झिनो लक्ष्य दिएको थियो ।नेपालले ३ विकेट गुमाएर ८ ओभरमै लक्ष्य पूरा गरेको हो । वर्षाका कारण खेल ९ ओभरमा झारिएको थियो ।

नेपालको ओपनिङ ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले गरेका थिए ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन जोडेका थिए भने प्रदीपले १४ बलमा १२ रन बनाए ।

विनोद भण्डारीले १३ रन बनाए जोडे भने दीपेन्द्र ऐरीले २ रन बनाएर आउट भए । शरद भेषावकर ३ रन र मलेसियाका मोहम्मद स्याहादातले ३ विकेट लिए । सोमपालले १५ बलमा ५ चौका र १ छक्कासहित ३० रनको योगदान गरे ।आठौं ओभरमा अनुभवी स्पिनर बसन्त रेग्मीले २ विकेट झारे । ओभरको अन्तिम २ बलमा उनले क्रमसः विरनदीप सिंहलाई २१ र अहमद फाइजलाई ९ रनको स्कोरमा आउट गरेका हुन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...