tealaya add

parash daju
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नयाँ टि ट्विान्टी क्रिकेट वरियता सार्वजनिक गरेको छ । जसमा नेपाली क्रिकेट टोलीका पारस खड्का ब्याटिङतर्फ २ स्थान तल खस्किदै ६८ स्थानमा पुगेका छन् ।

पारसले भारतीय विकेटकिपर महेन्द्र सिंह धोेनी र वेस्ट इन्डिजका क्रिस गेललाई पछि पारेका छन् । धोनी ६९ र गेल ७५ औं स्थानमा छन् । त्यस्तै अलराउन्डरतर्फ पारस २७ औं स्थानमा छन् ।

पारसले अलराउन्डरतर्फ राशिद खान,रोहित शर्मा,हार्दिक पान्ड्या,क्रिस गेल र आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछि पारेका छन् । राशिद ३० औं ,रोहित ३९ औं ,हार्दिक ४१ औं ,गेल ४३ औं र रसेल ५३ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ सोमपाल कामी ६७ औं स्थानमा छन् । टि २० बलिङतर्फ वसन्त रेग्मी १ स्थान खस्किदै ७२ औं स्थानमा पुगेका छन् । सोमपाल कामी ७८ औं स्थानमा पुगेका छन् ।

नयाँ वरीयतामा ब्याटिङतर्फ पाकिस्तानका वावर आजम,बलिङमा अफगानिस्तानका कप्तान राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...