1478958692 banner ad format

 
 

काठमाडौं |  आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि सुरुवातमा २४ खेलाडी छनौट गरिएको छ । क्लोज क्याम्पमा लागि २४ खेलाडी छनौट भएका हुन् । क्याम्पपछि अन्तिम खेलाडी छनौट हुनेछन् । क्लोज क्याम्प आगामी फागुन १ गतेबाट हुनेछ ।

1486633788 crc

खेलाडी छनौट गर्न गएको ६ गतेदेखि ११ गतेसम्म सुपर लिग खेल खेलाइएको थियो । गएको वर्ष खेलाडीले गरेका प्रस्तुतिका आधारमा सुपर लिगका लागि ५२ खेलाडी छनौट भएका थिए । ५२ जनाबाट क्लोज क्याम्पका लागि २४ खेलाडी छनौट भएका हुन् ।  

५२ खेलाडीलाई ४ टिममा विभाजन गरेर खेल खेलाइएको थियो । सुपर लिगमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा राष्ट्रिय टिमका लागि खेलाडी छनौट गरिएको हो । खेलाडी छनौटमा आइसिसीका प्रतिनिधि वेनकटपथि राजु, कोच जगत टमाटा, कप्तान पारस खड्का थिए । 

को को परे उत्कृष्ट २४ मा ?

  • पारस खड्का
  • ज्ञानेन्द्र मल्ल
  • आरिफ शेख
  • अमित श्रेष्ठ
  • सुसन भारी
  • दिलिप नाथ
  • मेहबुब आलम
  • करण केसी
  • आशिफ शेख
  • सागर पुन
  • भुवन कार्की
  • शरद भेषावकर
  • कुशल भुर्तेल
  • बिक्रम शोब
  • शक्ति गौचन
  • अभिनाश कर्ण
  • सोमपाल कामी
  • सुनिल धमला
  • दिपेन्द्र सिंह ऐरी
  • बसन्त रेग्मी
  • दिपेश श्रेष्ठ
  • राजेश पुलामी मगर
  • बिनोद भण्डारी
  • सन्दिप लामिछाने

 प्रकासित मिति : २०७३ माघ २७ गते 

प्रकासित मिति

Loading...