annapurna add

sandy new

आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा नेपाल ८ विकेटले बिजयी भएको छ ।टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पुरा गर्न नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएको हो ।

नेपालका लागि पारस खड्काले ३ चौका र एक छक्काको मद्दतमा २० रन बनाए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले २ चौका र एक छक्काको मद्दतमा १५ रन बनाए ।

झिनो लक्ष्य पुरा गर्न नेपालले शूरुवाती २ विकेट गुमाएको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा र सुवास खकुरेल शून्य रनमा आउट भएका थिए ।

अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ साझेदारी गरे। नेपाली स्पिनर सन्दीप लामिछाने हाबी भएको खेलमा लामिछानेले ६ विकेट लिए भने सुशान भारीले ४ विकेट लिएका थिए  ।

यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य  दिएको थियो । नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ । यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...