tealaya add

iccccc

काठमाडौं । आइसीसीले पहिलो पटक वल्र्ड टेष्ट च्याम्पियनससिप गर्ने भएको छ ।आउँदो अगस्टबाट सुरु हुने खेलमा ९ देशले प्रतिस्पर्धा गर्नेछन् भने फाइनल खेल बेलायतमा हुनेछ । अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिजले २७ सिरिजमा कूल ७१ खेल खेल्नेछन् ।

यो दुई वर्षसम्म चल्नेछ र फाइनल २०२१ जुन मा बेलायतमा खेलिने आइसीसीले जनाएको छ । टेष्ट च्याम्पियनसिपमा प्रत्येक राष्ट्रले होम ३ र अवे ३ सिरिज खेल्नेछ । प्रत्येक खेलको छुट्टै अंक प्रदान हुनेछ । एउटा सिरिजको कूल अंक १२० हुनेछ ।

टेष्ट सिरिजका खेलहरु सम्बन्धित देशका बोर्डले आयोजना गर्नेछ र दुईपक्षीय सिरिजकै रुपमा खेलिनेछ तर यो प्रतिस्पर्धाको रुपमा जोडिनेछ र एक टिम च्याम्पियन हुनेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...