tealaya add

लिड्स-   आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत एन्जेलो म्याथ्युजको शतकको मद्दतमा श्रीलङ्काले भारतलाई २६५ रनको लक्ष्य दिएको छ ।

India vs Sri Lanka

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६४ रन बनाएको हो । बाह्रौँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत श्रीलङ्काका लागि सबैभन्दा धेरै एन्जेलो म्याथ्युजले योगदान गर्दै ११३ रन बनाउन सफल भएका थिए ।

उनले १२८ बलको सामना गर्दा १० चौका र दुई छक्कासहित ११३ रन जोडेभने लाहीरु थिरिमन्नेले ५३, धनन्जय डि शिल्भाले २९, अभिषेक फर्नाण्डोले २०, कुशल परेराले १८ र दिमुथ करुणारत्नेले १० रन जोडे। बलिङतर्फ भारतका जसप्रित बुमराहले तीन तथा हार्दीक पाण्डेय, रविन्द्र जडेजा, भुवनेश्वर कुमार र कुलदीप यादवले एक–एक विकेट लिए । श्रीलङ्काको तर्फबाट एल मालिङ्गा र के रजिताले व्याटिङ् गरेनन् । (रासस÷एएफपी) 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...