1478958692 banner ad format

 
 

इन्डियन प्रिमियर लिग (आईपीएल) को दशौं संस्करण बुधबारबाट सुरु हुँदैछ । विश्व क्रिकेटमा लोकप्रिय रहेको आईपीएलको दशौं संस्करण हैदरावादमा बुधबार बेलुका एक भब्य कार्यक्रमकाबीच औपचारिक उद्घाटन हुनेछ ।

ipl min

विश्व क्रिकेटका चर्चित खेलाडीहरु सहभागी हुने आईपीएलको दशौं संस्करणमा आठ टोलीको सहभागिता रहेको छ । र, हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलमा घरेलु टोली तथा साविकको बिजेता सनराईजर्स हैदरावादले रोयल च्यालेंजर्स बैंगलोरको सामना गर्नेछ ।

सन् २००८ बाट सुरु टि–ट्वान्टी फर्म्याटको लोकप्रिय आईपिएल  मे २१ तारिख सम्म चल्ने छ । आईपिएलमा सहभागी आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा खेल्ने छन् । जसमा कुल ६० खेलहरु हुनेछन् । यस सस्करणको बिजेताले २२ करोड भारु प्राप्त गर्ने छन् भने उपविजेताले ११ करोड भारु पाउने छन् । यस्तै तेस्रो र चौथोले समान ७ करोड ५० लाख भारु प्राप्त गर्नेछन् ।

यसपटकको आईपीएलमा साविकको विजेता सनराईजर्स हैदरावाद र रोयल च्यालेंजर्स बैंगलोरसँगै दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स, किंग्स इलाभेन पन्जाब, कलकता नाइटराइडर्स, मुम्बई इन्डियन्स र राइजिङ पुने सुपरजाइन्ट रहेका छन् ।

रोयल च्यालेंजसविरुद्धको उद्घाटन खेलमा सनराईजर्सले डेभिड वार्नरको कप्तानीमा युवराज सिहं, केन विलीयम्स, मुस्ताफिजुर रहमान, शिखर धवन, आशिस नेहेरा जस्ता चर्चित अनुहार मैदान उतार्ने छन् । यस्तै सनराईजर्सले दुई अफगानी खेलाडी महोमद नाबी र रशिद खानलाई मौका दिने छन् । नाबी र खान यसै सिजन सनराईजर्सले भित्राएका हुन् । यी दुवै खेलाडी पहिलो पटक एसोसियट राष्ट्रबाट आईपीएल क्रिकेट खेल्नेछन् ।

रोयल च्यालेंजर्स भने कप्तान बिराट कोहलीबिना खेल्नेछ । गत हप्ता अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टमा काँधमा चोट बोकेका कारण विराटले रोयल च्यालेंजर्सको कप्तानी सम्हाल्ने छैनन् । यस्तै रोयल च्यालेंजर्सका ब्याट्सम्यान केएल राहुल पनि अनुपस्थित रहनेछ । तर, रोयल च्यालेंजर्सलाई क्रिस गेल, एबी डीभिलियर्स, सेन वाट्सन जस्ता खेलाडीको साथ रहनेछ ।  दुई टोलीबीचको खेल नेपाली समय अनुसार साझ ८:१५ मा सुरु हुनेछ ।

प्रकासित मिति

Loading...

 

yummyfood