1478958692 banner ad format

 
 

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट ‘आईपीएल’अन्तर्गत आइतबार राती भएका खेलमा कोलकाता नाईट राईडर्स र किङ्स ईलेभेन पञ्जाव विजयी भएका छन् ।

Cricket image min

आफ्नै मैदान ईडन गार्डनमा भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हरायो ।

खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ३१ रन जोड्यो । कोलकाताका सुनिल नारेनले ३४ रन जोडे ।

जवाफमा १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको बैंग्लोरले ९ दशमलव ४ ओभरमा अलआउट हुनुपुर्व ४९ रन मात्रै बनाउन सक्यो ।

बैंग्लोरका कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बैंग्लोरको ईनिङ ध्वस्त पार्ने क्रममा कोलकाताका नाथन कुल्टर नाईल, क्रिश वोक्स र कोलिन डे ग्रानहोमले तीन तीन विकेट लिए ।

 

प्रकासित मिति

Loading...

 

yummyfood