annapurna add

tamim iqbal

बङ्गलादेश क्रिकेट टोलीको नयाँ कप्तानमा तामीम इकबाल नियुक्त भएका छन् । मशरफे बिन मर्तजाले कप्तानबाट राजिनामा दिएपछि तामीम कप्तान नियुक्त भएका हुन्।

बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हस्सनले तामीमलाई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको कप्तानको जिम्मेवारीमा नियुक्त गरिएको जानकारी दिएका हुन् । उनले तामीमको समयावधी नतोकिएपनि उनलाई लामो समयसम्म कप्तानको रुपमा रहीरहने गरी नियुक्त गरिएको उल्लेख गरेका हुन् ।

मर्तजा बङगलादेश क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा सफल कप्तानको रुपमा चिनिन्छन । लामो समयसम्म लयविहीन हुन पुग्दा उनीमाथि राजिनामा गर्ने दबाब बढेको थियो ।नयाँ कप्तानको रुपमा मुश्फीक्र रहिम र महम्मदुल्लाहको नामबारे चर्चा चलेपनि तामीमलाई जिम्मेवारी दिइएको हो ।ब्याट्सम्यानको रुपमा सात हजार रन पुरा गर्ने बङ्गलादेशका पहिलो क्रिकेटको कीर्तिमान बनाएका उनि उत्कृष्ट ब्याटिङ लयमा छन् ।

सन् २०२० मा बङ्गलादेशले तीनवटा आयरल्याण्ड विरुद्ध र एउटा पाकिस्तानसँग गरी कुल चार अन्तर्राष्ट्रिय एकदिवसीय मात्रै खेल्ने तालिका रहेको छ । प्रतिबन्धमा परेका शकीब अल हसनले अक्टोबर महिनामा पुनरागमन गर्नेछन । पुनरागमनपछि कप्तानको दौडमा शकीबको नाम पनि आउनेछन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...