emcc

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसिय प्रमथ श्रेणीमा खेलमा ३ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । तेस्रो दिन पहिलो सेसनमा एमसीसीले ३६ ओभरमा १८१-६ को दोस्रो इनिङ समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो ।

पहिलो इनिङमा २ सय ११ रनको अग्रता लिएको एमसीसीले सम्रगमा ३ सय ९२ रनको अग्रता लिएको हो । तेस्रो दिन एमसीसीले २१ ओभरमा ९१–२ को अवस्थाबाट सुरु गरेको थियो । तेस्रो दिन उसका टम वेस्ट्ली ३४ रनमा क्याच आउट भए । वेस्ट्लीलाई सोमपाल कामीले शरद भेषवाकरबाट क्याच आउट गराएका थिए ।

करण केसीले माइल्स हामान्डलाई ११ रनमा बोल्ड आउट गरे । करणलेनै ३५ ओभरमा एड योङलाई ३१ रनमा बोल्ड आउट गरे । ओपनर विल रोड्सलाई ३० र बिली गोडलम्यान ३९ रनमा दोस्रो दिन आउट भएका थिए । नेपालका करण केसीले ३, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले १-१ विकेट लिए ।

विहीबार पहिलो इनिङमा नेपाल ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले २१ बलमा ४ छक्का र २ चौका सहित ३९ रनमा अविजित रहे । विनोद भण्डारीले ३६ रन जोड्दा सोमपाल कामीले २६ रनको योगदान दिए । विनोदले ५ र सोमपालले ४ चौका प्रहार गरे ।

विनोद भण्डारी र सोमपाल कामीले छैटौ विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । यासिर अराफातले कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा शून्यमा पेभिलिएनको फर्काए । यासिरले पाँचौ ओभरको दोस्रो बलमा शरद भेषवकरलाई ४ रनमा आउट गरे । नवौं ओभरको तेस्रो बलमा राजु रिजाल ८ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरी १, आरिफ शेख १० पवन सरार्फ र करण केसी समान २ रनमा आउट भए । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए । त्यसअघि एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...