1478958692 banner ad format

 
 

काठमाडौं । एसीसी यु–१९ क्रिकेट पूर्वी क्षेत्रको छनोट खेलमा अहिले नेपालले थाइल्याण्डको सामना गरिरहेको छ ।

Cricket

मलेसियामा जारी खेलमा थाईल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गरिरहेको छ ।

नेपालले समूह ए को दोस्रो खेलमा बुधबार भुटानसँग तथा समूहको अन्तिम खेलमा बिहीबार सिंगापुरसँग खेल्नेछ ।

एसीसी यू–१९ पूर्वी क्षेत्रको छनोटमा नेपालसहित ८ देशले प्रतिस्पर्धा गरिरहेका छन् । समूह बी मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका युथ टोलीसँग खेल्ने मौका पाउँनेछन् ।

प्रकासित मिति

Loading...

 

yummyfood