annapurna add

hongkong nepal cricket

तस्वीर: ACC

थाइल्यान्डमा जारी एसीसी स्टर्न रिजन टी-२० क्रिकेटको दोस्रो खेलमा हङकङसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ। आइतबार बिहान भएको खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । जवाफमा नेपालले १८.१ ओभरमा १११ रन मात्र बनाउन सफल भयो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन, कुशल मल्लले १९ रन, पारस खड्का लगायत खेलमा जम्न स्सकेनन ।

यस्तै अबिनाश बोहराले १२ रन, आरिफ शेखले १० रन बनाए भने उपकप्तान दीपेन्दसिंह ऐरीले ५ रन मै चित्त बुझाए ।

यो हारसँगै नेपाल एसियाकप छनोट चरणमा पुग्ने सम्भावना करिव समाप्त भएको छ। यसअघि मलेसियासंगको खेलमा अप्रत्यासित रूपमा नेपालले २२ रनको हार व्यहोरेको थियो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...