annapurna add

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल अहिले ओमानसँग भिड्दै छ।

nepal vs oman cricket पहिले व्याटिङ गरेको नेपालले ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ। 

५० ओभरमा नेपालले ८ विकेट गुमाएर २४९ रन बनाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए ।  

पारस खड्काले ३८, विनोद भण्डारीले ३५,  कुशल मल्ल २८, ओपनर सुवास खकुरेलले २२, आरिफ शेखले २८, करण केसीले १०, सन्दीप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए उपकप्तान दिपेन्द्रसिंह ऐरी शुन्य रन मै आउट भए । 

ओमानका लागि अकिब इलियासले ४ र मोहमद नादिनले  नेपालको ३ विकेट लिए। 

पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले हारेको थियो । शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...