tealaya add

icc team

काठमाडौ । आईसीसी टी–२० विश्वकप क्रिकेट एसियाली छनोट अन्तर्गतको प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना टुङ्गिएको छ।

टस जितेर ब्याटिङ् गरेको सिंगापुरले पहिलो खेलमा जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउदै नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा सिमित भयो

सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टीट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ । उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर