tealaya add

 

team oman

पाँच राष्ट्र सम्मिलित ट्वेन्टी ट्वेन्टी शृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगेको छ। सिंगापुरमा त्रिकोणात्मक टि–ट्वेन्टी सिरिज सकाएर नेपाली टोली गएराति १० बजे श्रीलंका हुँदै ओमान पुगेको हो।

पाँच देशबीचको सिरिज ओमानमा भोलिदेखि सुरु हुँदैछ। नेपालले भने आफ्नो पहिलो खेल पर्सि हङकङविरुद्ध खेल्नेछ। ओमान क्रिकेटले आयोजना गरेको ट्वेन्टी ट्वेन्टी शृंखलामा आयोजक ओमानसहित नेपाल, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड सहभागी हुँदैछन्। शृंखला यही असोज २३ गतेसम्म चल्नेछ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको शृंखला खेलाउन लागेको हो। नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरेपछि शृंखलामा सहभागी हुन लागेको हो।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर