parash hhh

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का प्रशिक्षणका लागि यूएई पुगेका छन् । उनी टी-१० लिग टीम आबु धाबीको प्रशिक्षण सामेल भएका छन् ।

पारस आबुधाबीले मंगलबार गरेको पहिलो दिनको प्रशिक्षणमा सामेल भएका हुन् । पारसले टीमका अन्य खेलाडीसँग प्रशिक्षण गरेका थिए । उनी टीममा सामेल हुन सोमबार युएई गएका थिए ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो । पारस १० हजार डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् ।

पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् । आबुधाबीमा इंग्ल्याण्डका मोइन अली लगायतका खेलाडी छन् ।

टी-१० लिगमा नेपालका अर्का खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने छन् । सन्दीपले यस सिजन कर्नाटका टुसकेर्सबाट खेल्ने छन् । नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टीमले प्रतिस्पर्धा गर्ने छन् ।१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...