tealaya add

parash

काठमाडौं आईसीसी टी–२० विश्वकप क्रिकेट एसियाली छनोट अन्तर्गतको प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना टुङ्गिएको छ। विश्वकप खेल्ने सपना बीचमा नै टुटेपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका छन्, ‘आज हाम्रो दिन थिएन ।’

खेलपछि कप्तान पारसले सिंगापुरले राम्रो ब्याटिङ गरेको बताए । यद्यपि टी–२० विश्वकप वा ग्लोबल छनोट खेल्ने सपना खेख्ने टिमले १९२ रनको लक्ष्य भेट्टाउनुपर्ने भन्दै उनले भने, ‘हामीले राम्रो खेलेनौं । उनीहरुले राम्रो गरे ।’

उनले अघि भने, ‘आज हाम्रो दिन थिएन ।’सिंगापुरलाई के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा उनले एशोसिएट टिमका लागि एक दिन निराशा र अर्को दिन खुसी आउने भन्दै निरन्तरता राम्रो क्रिकेट खेल्नुपर्ने बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर