annapurna add

ipl 2020

फाईल फोटो 

इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।  आईपीएल चैत १६ देखि सुरु हुनेछ ।

चैत १६ देखि जेठ ११ (मार्च २९ देखि मे २४) सम्म भारतका विभिन्न सहरमा हुने आईपीएलका सबै खेल नेपाली समयअनुसार बेलुका ७ः४५ देखि सुरु हुने छन् । यसअघि ४४ दिनसम्म चल्दै आएको आईपीएल यसपटक ५० दिनसम्म चल्ने छ ।

यसपटकको आईपिएलको उद्घाटन र फाइनल मुम्बईको वनखेडे स्टेडियममा हुने छ । आईपीएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डिन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले चैत १७ मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग प्रतिस्पर्धा गर्ने छ ।

लिगमा कुल ५६ खेल हुने छन् । लिगको अन्तिम खेल जेठ ४ गते सकिने छ । लिगको अन्तिम खेलमा बंगलोर र मुम्बई भिड्ने छन् ।

यसपटक कुनै खेलाडी घाइते भएर पूर्ण रुपमा होस नआएपछि खेल्न नसकेको खण्डमा उसको स्थानमा अर्को खेलाडी खेल्न पाउने छ । जुन नियम आईसीसीले लागू गरिसकेको छ । सबैभन्दा पहिला उक्त नियम इंग्ल्यान्ड र अस्ट्रेलियासँगको दोस्रो टेष्टमा प्रयोग भएको थियो । टिभी एम्पायरले हरेक बल नो बल छ वा छैन भनेर चेक गर्ने छन् । अब फिल्ड एम्पारले नो बलको कल गर्ने छैनन् । सिधै टिभी एम्पारले नो बल भए नभएको थाहा दिने छन् ।एजेन्सी

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...