1478958692 banner ad format

 
 

PM kcp kantipath

काठमाण्डौ : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले सुखद अन्त्य गरेको छ । समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई चार विकेटले हरायो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २० ओभर चार बलमा मात्र ८९ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । निकै फितलो ब्याटिङ गरेको गण्डकीका कुनैपनि खेलाडीबीच राम्रो साझेदारी हुन सकेन ।

उसले एक रनमा पहिलो विकेट गुमाउँदा आठ रनमा दोस्रो र १५ रनमा तेस्रो विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको उसले ६३ रन बनाउँदा ६ विकेट गुमाएको थियो । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन र मात्र ८९ रनमा अलआउट भयो ।

उसका लागि राहुल शर्माले ४१ तथा आकाश थापाले १२ रन बनाए । यस्तै किशोर महतोले १४ रनको योगदान गरे । गण्डकीलाई कम स्कोरमा रोक्न विनोद लामाले ५ विकेट लिए ।

जवाफमा सुदूरपश्चिमले २९ ओभर दुई बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसको जितमा आकाश चन्दले अविजित २९ तथा नरेन्द्र साउदले २३ रन बनाए । यस्तै लोकेश बमले १५ रन जोडे । उसका ३ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

 

प्रकासित मिति

Loading...