ppl new

पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो संस्करण अन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली पोखरा पल्टनले बिजयी सुरुवात गरेको छ । पोखरा रंगशालमा रहेको क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोल्डेन्सलाई ९ विकेटले पराजित गर्दै पोखरा पल्टनले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

काठमाडौं गोल्डेन्सले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।शरद भेषावकरले कप्तानी गरेको पोखराका लागि कुसल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । ओपनिङ ब्याटिङमा आएका उनले नटआउट रहँदै ६५ रन बनाए । उनले ४३ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । यस्तै, पोखराका लागि रविइन्दर सिंहले ३८ रन बनाए भने आरिफ शेखले १४ रन बनाएका थिए ।

पोखराविरुद्ध ज्ञानेन्द्र मल्लको टोली काठमाडौं बलर कमजोर देखिए । जसमा काठमाडौंका सुशान भारीले एक विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १सय१५ रन मात्रै बनाएको थियो ।

काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक ४५ रन बनाए । उनले २९ बलमा ४ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यस्तै काठमाडौंका लागि गौरव तोमरले १३ रन बनाए भने अन्य व्याट्सम्यानले राम्रो गर्न सकेनन् ।

काठमाडौंविरुद्ध पोखराका कुसल मल्ल, राशिद खान र ललित नारायण राजवंशीले समान दुई–दुई विकेट लिएका थिए भने प्रथमेस डेक र शरवजित लड्डावले समान एक–एक विकेत लिए । पहिलो खेलमा जीत हात पारेको पोखराले २ अंक जोडेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...