1478958692 banner ad format

 
 
काठमाडौं- पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको शुक्रबार जारी खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई १४५ रनको चुनौती पेश गरेको छ ।पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएपछि धनगढीले मध्यम स्कोरको चुनौती पाएको हो ।
 
अन्तिम ओभरमा २० रन बटुलेपछि पोखराले एक सय ४० को स्कोर पार गर्न सफल भएको थियो ।
पोखराको लागि रोहितकुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २१ बलमा १ छक्का र चार चौका प्रहार गरे । यसैगरी, रविइन्दर सिंहले २८, आशिफ शेखले २३, राशिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए ।
 
४ रनमै पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पोखराले ४८ रनमा रविइन्दरलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा आएका मेहबुब आलम खाता खोल्न नसुकि शुन्य रनमा आउट भएपछि पोखरा दबाबमा आएको थियो । त्यसपछि रोहितले पोखरालाई अगाडि बढाए । एक्स्पर्ट धनगढीका लागि कमलसिंह ऐरीले चार विकेट लिए ।
 
प्रतियोगितामा पोखरा पल्टन र एक्स्पर्ट धनगढी दुबै टिमको समान ४–४ अंक रहेको छ । तर पोखरा पल्टनले मात्र ३ खेल खेलेको छ भने एक्स्पर्ट धनगढीले ४ खेल खेलेको छ । धनगढीले दुई खेलमा जित र दुई खेलमा हार ब्योहोरेको छ । धनगढीका लागि यो गर या मरको खेल हो । आजको खेलमा धनगढीले जिते शीर्ष तीनमा पर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै रहनेछ । यता, पोखराले धनगढीलाई पराजित गरे प्लेअफमा पुग्ने सम्भावना बलियो बन्ने छ ।
 

प्रकासित मिति

Loading...

 

yummyfood