1478958692 banner ad format

 
 

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताअन्तर्गत आज भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गर्दै विजयी भएको छ । 

Prime minister cup cricket Western victory

कीर्तिपुरस्थित त्रिवि मैदान भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पश्चिमाञ्चलले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०२ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको मध्यमाञ्चल ४३ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै १०७ रनमा समेटियो । 

पश्चिमाञ्चलको जितमा शौरभ खनालले ७८ रनको योगदान दिए । उनले ५८ बल खेल्दै छ छक्का र तीन चौकाको मद्दतमा ७८ रन जोडे । त्यस्तै कप्तान अन्तिम थापाले ३४, अनिल गुरुङले २८, विधान श्रेष्ठले १८ तथा कृष्ण कार्कीले १५ रन जोडे । 

बलिङतर्फ मध्यामाञ्चलका किशोर महतोले ३, नन्दन यादवले दुई तथा कप्तान शरद भेषवाकर र शशी केशरीले समान एक एक विकेट लिए । 

यता मध्यामाञ्चलका लागि भने इसान पाण्डेले २४, किशोर महतोले २०, रामसाद आलमले १५ तथा सुमित महर्जनले १० तथा कप्तान सरद भेषवाकरले ७ रन जोडे । 

बलिङतर्फ पश्चिमाञ्चलका लाल अधिकारी र रोहितकुमार पौडेलले समान तीन तीन विकेट लिए भने विपिन खत्रीले २ तथा कृष्ण कार्कीले एक विकेट लिए । प्रतियोगितामा म्यान अफ द म्याच पश्चिमाञ्चलका शौरभ खनाल घोषित भए ।

प्रकासित मिति

Loading...

 

yummyfood