nepal women

नेपाली महिला क्रिकेट टोली दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदकको प्रतिस्पर्धाबाट बाहिरिएको छ । साग महिला क्रिकेट अन्तगर्त श्रीलङ्का विरुद्धको खेलमा ३९ रनले पराजित भएसँगै नेपाली टोली अङ्कतालिकामा तेस्रो स्थानमा पुगेको छ । पहिलो स्थानको बङ्गलादेश र दोस्रो स्थानको श्रीलङ्काबीच स्वर्ण पदकको लागि स्पर्धा हुनेछ ।

पोखरामा सम्पन्न महिला क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले ३९ रनले पराजय बेहोर्नुपर्यो । श्रीलङ्काले प्रस्तुत गरेको ११९ रनको लक्ष्य पछ्याउँदै नेपाल पुरा २० ओभर खेलेपनि ९ विकेटको क्षतिमा ७७ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुनै पनि ब्याट्सविमनले संयमित पारी खेल्न सक्नुभएन । रुबिना क्षेत्री बेल्बासीले १९, करुणा भण्डारीले १२ र अप्सरी बेगमले ११ रनको योगदान दिए ।

श्रीलङ्काका लागि सचिनि निसन्सलाले तीन तथा उमेशा थिमासिनिले दुई तथा मल्शा रणथुङ्गाले एक विकेट लिईन् ।यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको श्रीलङ्काले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १८ रनको औसत योगफल तयार गरेको थियो ।

श्रीलङ्काका लागि जनादि अनालीले ३५ तथा लिहिनि अप्सराले ३७ रनको उत्कृष्ट पारी खेल्नुभयो । सथ्या सन्दीप्नीले २२ तथा कप्तान हर्षिता माधवीले १६ रनको योगदान दिइन् ।नेपाली बलरहरुमा सरस्वती कुमारी र सुमन खडकाले सामान दुई र अञ्जली चन्दले एक विकेट लिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर