tealaya add

sandeep
क्यारेबियन प्रिमियर लिग अन्तर्गत आजको खेलमा सन्दिप लामिछानेको टिम बार्बाडोस ट्रिडेन्ट्सले जितेको छ । ट्रिडेन्ट्सले सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्सलाई १८ रनले हराएको हो ।

टस हारेर ब्याटिङ गरेको बार्बाडोसले २ विकेट गुमाएर १८६ रन बनायो । उक्त लक्ष्य पछ्याएको सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।

लोरी इभान्सले ६४ रन र डोमिनिक ड्रेक्सले ३४ रन बनाए तर अरु खेलाडीले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दीपले पाँचौ ओभरमा ७ रन खर्चिए । लगातार दुई बल डट राखेका सन्दीपले तेस्रो र चौथोे बलमा १–१ रन खर्चिए । पाँचौ बलमा लौरी इभान्सले चौका प्रहार गर्दा अन्तिम बलमा १ रन दिए ।

सन्दीपले ११ औं ओभरमा पनि ७ रन खचिए । समराह ब्रूक्सलाई सुरुवाती चार बल डट राख्दा पाँचौ बलमा छक्का दिएका थिए ।

१३ ओभरको पहिलो बलमै सन्दीपले एलशे नर्शबाट ब्रुक्सलाई १३ रनमा क्याच आउट गराए अन्तिम बलमा उत्कृष्ट प्रर्दशन गरि रहेका इभान्सलाई सन्दीपले जोश लालोरबाट ६४ रनमा क्याच आउट गराउँदै बार्बाडोसको जित सहज बनाएका थिए ।

सन्दीपले १५ औं ओभरको तेस्रो बलमा कप्तान कार्लोस वर्थवेटलाई १ रनमा एलबी डब्लू आउट गर्दै ब्यक्तिगत तेस्रो सफलता हात पारेका थिए । चौथो बलमा १ रन खर्चिदा पाँचौ र र छैटौ बल डट राख्दै आफ्नो चार ओभरको कोटा सकाए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर