annapurna add

sandy love

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने  भएका छन् ।सोमबार भएको आँखाको अपरेसनले सन्दीपले घरेलु भूमिको साग गुमाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको बताए ।

पछिल्लो समय सन्दीपको आँखामा समस्या देखिएपछि सोमबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो । सन्दीपको शल्यक्रिया ठीक हुन २ हप्ता देखि २० दिन लाग्ने नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले जानकारी दिए ।

सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । यस अघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीको रुपमा रहेका थिए ।

सन्दीप हालै युएईमा सम्पन्न टी-१० लिग खेलेर फर्किएका थिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...