annapurna add

parash sandeep

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को बरियतामा सन्दीप लामिछानेको सुधार आएको छ। आईसीसीले जारी गरेको टी ट्वान्टीतर्फ खेलाडीको वरियतामा सन्दीप लामिछाने दुई स्थानमाथि उक्लीएका हुन् ।

आईसीसीले बिहिबार जारी गरेको नयाँ वरियतामा बलिङतर्फ सन्दीप ८४ औं स्थानमा उक्लिएका छन् । यसअघि फागुन १५ गते जारी गरिएको वरियतामा उनी ८६ औं स्थानमा थिए । टी ट्वान्टीको बलिङतर्फ अफगानिस्तानका राशिद खान र मुजिब ऊर रहमान पहिलो र दोस्रो स्थानमा यथावत रहेका छन् । अष्ट्रेलियाका एडम जाम्पा तेस्रो स्थानमा रहेका छन् ।

यस्तै पारस खडकाले भने ब्याटिङ तर्फ १३ स्थान गुमाएका छन् । ब्याटिङ र बलिङ विधातर्फ आईसीसीको एक सय खेलाडीको सूचीमा नेपालबाट पारस र सन्दीप मात्रै रहेका छन् । यसअघि पनि एकसय उत्कृष्टको सूचीमा नेपालबाट सन्दीप र पारस मात्रै थिए । अलराउण्डरतर्फ भने पारससँगै करण केसी र सोमपाल कामी अटाएका छन् ।

त्यसैगरी, ब्याटिङतर्फ यसअघि ६३ औं स्थानमा रहेका पारस खडका ७५ औं स्थानमा पुगेका छन् । पारसले एकैपटक १३ स्थान गुमाएका हुन् ।ब्याटिङमा पाकिस्तानका बाबर आजम शिर्ष स्थानमा छन् । भारतका लोकेश राहुल दोस्रो तथा अष्ट्रेलियाका आरोन फिञ्च तेस्रो स्थानमा छन् ।

अलराउण्डरको वरियतामा यसअघि २६ औं स्थानमा रहेका पारस खडका यथावत रहेका छन् । सोमपाल कामी र करण केसी भने अलराउण्डरतर्फको वरियतामा निरन्तर ओरालो लागेका छन् ।यसअघि उनी ६५ औं स्थानमा रहेका सोमपाल ७४ औं स्थानमा पुगेका छन् । भने ७४ औं स्थानमा रहेका करण केसी ८८ औं स्थानमा पुगेका छन् ।सोमपाल कामी पछिल्लो श्रृखंलामा सहभागी भएका थिएनन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...