india

दोस्रो टी ट्वान्टी क्रिकेटमा श्रीलङ्कालाई हराउदै भारतले विजयी भएको छ । श्रीलङ्कालाई सात विकेटले हराउदै भारत तीन म्याचको टी ट्वान्टी श्रृखंलामा १–० को अग्रता लिएको छ ।

श्रीलङ्काले दिएको १४३ रनको लक्ष्य भारतले तीन विकेटको क्षतिमा १५ बल बाँकी छदै १४४ रन बनाएर पुरा गर्यो ।भारतीय ओपनर लोकेश राहुलले ३२ बलमा ४५ रनको योगदान दिदा शिखर धवनले २९ बलमा ३२ रन जोडे । श्रेयास ऐयरले ३४ तथा कप्तान विराट कोहलीले अविजित रहँदै ३० रनको योगदान दिए । उनले १७ बलमा दुई छक्का र एक चौका जोडे । श्रीलङ्काली बलरहरुमा वनिन्डु हसरङ्गाले दुई तथा लहिरु कुमाराले एक विकेट लिए । कप्तान लासिथ मलिंगा चार ओभरमा ४१ रन खर्चेपनि विकेट लिन बहने सकेनन् ।

यसअघि टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्ता पाएको पाहुना टोलीले २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । पारीमा कुशल परेराले सर्वाधिक ३४ रन बनाए । अविष्का फर्नान्डोले २२ तथा धनुष्का गुनातिलकाले २० रनको योगदान दिए । भारतीय बलरहरुमा श्रद्धुल ठाकुरले सर्वाधिक तीन तथा नवदीप सैनी र कुलदीप यादबले सामान दुई दुई विकेट लिए । वाशिंगटन सुन्दर र जसप्रित बुमराहले एक एक विकेट लिए ।नवदीप सैनी खेलको म्यान अफ द् म्याच घोषित भए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर