stadium kantipath

चितवन । चितवनको रामपुरमा निर्माणधिन अन्तर्राष्ट्रिय रंगशालामा लगाइएको अस्थायी बार डोजर लगाएर भत्काएपछि रंगशालाको काम रोकिएको छ रंगशालाको सुरक्षाको लागि लगाइएको बार मंगलबार केही व्यक्तीहरुले डोजर लगाएर भत्काएका थिए ।

प्रस्तावित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएको आरोपमा प्रहरीले प्रकाश कँडेललाई पक्राउ गरेकाे छ। मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार लुक्दै भाग्दै हिँडेका कँडेल बुधबार मध्यरातमा भरतपुरबाट समातएिका हुन्।

 

कँडेल सत्तारूढ नेकपाका स्थााीय नेतासमेत हुन्। कँडेलसहित यो घटनाका १७ जना आरोपित पक्राउ परेका छन्। पक्राउ पर्नेमा एकजना महिला पनि छन्। महिलाकाे स्वास्थ अवस्थालाई ख्याल राखेर दैनिक हाजिर हुने गरेर परिवारको जिम्मा लगाएको र अरूलाई हिरासतमै राखेको एसपी मल्लले बताए।

 dhurmus kantipath

उक्त घटना पश्चात् धुर्मुस् सुन्तली फाउण्डेसनले काम गर्ने वातावरण नभएको, कर्मचारीको जिउ ज्यान र  भौतिक सम्पत्तीको सुरक्षा नभएको भन्दै रंगशाला निर्माणको काम तत्कालको लागि स्थगित गरेको हो ।

घटनाको भत्सर्ना गर्दै तत्कालको लागि काम स्थगित गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

काम गर्ने वातावरण नभएसम्म रंगशालाको काम स्थगित रहने उनले जानकारी दिए । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...