annapurna add

ipl 2020

मार्च २९ देखि सुरु हुने भनिएको इन्डियन प्रिमियर लिग(आईपीएल)को तेह्रौं संस्करण सरेको छ । कोरोना भाइरस संक्रमणको प्रकोपले गर्दा (आईपीएल) अप्रिल १५ सम्मका लागि सारिएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुली, सचिब जय शाह र प्रिमियर लिगका उच्च अधिकारीहरुबीचको बैठकले प्रिमियर लिग सार्ने निर्णय गरेको हो । प्रिमियर लिग सञ्चालकले आठवटै फ्रेञ्चाइजरलाई उक्त जानकारीसहितको पत्राचार गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपलाई बिहिबार विश्वब्यापी महामारी घोषणा गरेको थियो । भारत सरकारको विभिन्न निकायसँगको परामर्शपछि बीसीसीआईले प्रिमियर लिग सार्ने निर्णयमा पुगेको हो । भारत सरकारले अप्रिल १५ सम्मका लागि अन अराइभल भिषा जारी नगर्ने निर्णय गरेको थियो । उक्त निर्णयले प्रिमियर लिगमा सहभागी हुने विदेशी खेलाडीको व्यवस्थापनमा समेत समस्या हुने देखिएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...