sandeep parash

टी-१० क्रिकेट लिगको सुपर लिग अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने र पूर्व कप्तान पारस खड्काको टीम भिड्दैछ ।

खेल नेपाली समय अनुसार राति ९:४५ आबु धाबीस्थित शेख जायद स्टेडियममा हुनेछ । सन्दीपको टीम कर्नाटका टुसकेर्स र पारसको आबु धाबीबीच प्रतिस्पर्धा हुनेछ ।

सुपर लिगमा दुवै टीमको प्रदर्शन खराब रहदै आएता पनि आज दुवै टीम जित निकाल्ने योजनासहित मैदान उत्रने छ ।

सन्दीपको टीम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ । पारसको आबु धाबी भने ४ अंक जोडेर छैटौं स्थानमा छ ।आबु धाबीविरुद्ध कर्नाटकाले सन्दीपलाई प्लेईङ सेटमा राख्ने प्रवल सम्भावना रहेको छ । किनकी सन्दीपले हरेक खेलमा उत्कृष्ट खेल्दै आएका छन् ।

यता, पारस भने सुरुवाती दुई खेलपछि टीम बाहिर रहदै आएका छन् । तर, कर्नाटकाविरुद्ध पारसले मौका पाउने सम्भावना छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...