tealaya add

best indies

ईण्डिया र वेष्ट ईण्डिजबिचको टी–२० सिरिज आज वाट सुरु हुदैछ । तीन म्याचको सिरिज अन्तर्गत पहिलो खेल अमेरिकाको फ्लोरिडामा नेपाली समयानुसार राती सवा ८ बजे सुरु हुनेछ । बिराट कोहलीको कमानीमा मैदान उत्रने ईण्डियाका लागि श्रेयस ऐयरसंगै रिषब पन्त, राहुल चहार, क्रुनल पाण्डे र वासिन्टन सुन्दरले पनि वेष्ट ईण्डिजबिरुद्ध खेल्नेछन् ।

कार्लोस ब्रेथवेटको नेतृत्वमा रहेको क्यारेबियन टोलीमा भने पुरानै अनुहार दोहोरिएका छन् । यसैबिच घुँडाको चोटका कारण अलराउण्डर आन्द्रे रसेलले भारतविरुद्धको सुरुवाती दुई खेल गुमाउने भएका छन् । बायाँ खुट्टामा समस्या देखिएपछि वेष्ट इण्डिजले उनको स्थानमा जासन मोहम्मदलाई टिममा बोलाएको छ । ३२ बर्षे मोहमदले एक बर्षपछि टिममा स्थान बनाएका हुन् ।

अमेरिका र वेष्ट ईण्डिज भ्रमणका क्रममा ईण्डिया र वेष्ट ईण्डिजबिच ३ खेलको टी–२०, समान खेलको वन डे र २ खेलको टेष्ट सिरिज पनि हुनेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...