sandeep parash



पहिलो खेलमै टोलीमा समेटिएका सन्दीपले पहिलो बलमा नै विकेट लिए । चौथो ओभरमा बलिङमा आएका सन्दीपले पहिलो बलमा नै दिल्ली बुल्सका मुहमद उसमानलाई बोल्ड आउट गरेका थिए। यस ओभरमा सन्दीपले ३ रन मात्रै दिए । त्यसपछि छैटौं ओभरमा बलिङ गर्दा भने उनले १६ रन दिए । यस ‌ओभरमा श्रीलंकाका एन्जेलो म्याथ्युजले सन्दीपलाई छक्का प्रहार गरे । आफ्नो २ ओभरमा उनले १९ रन दिएर १ विकेट लिए।

दिल्ली बुल्सले टस जितर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्नाटकले १० ओभरमा ५ विकेट गुमाएर ११० रन बनाएको थियो । १११ रनको लक्ष्य पछ्याएको दिल्ली बुल्सले १० ओभरमा ८ विकेट गुमाएर ९१ रन मात्रे बनाउन सक्यो।

आइतबार पनि सन्दीपको टोली कर्नाटक बंगला टाइगर्ससँग प्रतिस्पर्धा गर्दैछ । भने पारस खड्काको टोली अबुधाबीले नर्देन वारियर्ससँग प्रतिस्पर्धा गर्दैछ। अबुधाबीको खेल नेपाली समयअनुसार साँझ ५ः१५ मा सुरु हुनेछ। कर्नाटकको खेल साँझ ७ः३० बजे सुरु हुनेछ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...